मधेश प्रदेशका पूर्वप्रमुख अहिराजले बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै हाले मुद्दा

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज राजेश झाले बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै आपराधिक लाभको अभियोगमा मुद्दा दायर गरेका छन्। अहिराजले दिएको जाहेरीको अनुसन्धान कसेर आज बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अहिराजबाट पीडित भएकी युवतीविरुद्ध अहिराजकै जाहेरीका आधारमा आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको हो ।

धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको दाबी अहिराजको छ । सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको दाबी अहिराजले गरेका छन् । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दिएको पाइएको छ ।

उक्त जाहेरीको अनुसन्धान सकेर बलात्कार पीडित युवतीलाई फरार आरोपी बनाउँदै मुद्दा दायर भएको हो । यता अहिराजविरुद्ध मंगलबार नै काठमाडौं जिल्ला अदालतमा बलात्कारको कसुरमा मुद्दा दायर भएको छ ।

४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको पीडित युवतीको आरोप छ । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *