एएफसी यू-२० एसियन कप छनोट खेल्न भुटान जाँदै नेपाली टोली

काठमाडाैं । नेपाली महिला यू-२० राष्ट्रिय फुटबल टोली बिहीबार भुटान जाँदैछ । अगस्ट ६ देखि १० सम्म हुने एएफसी यू-२० वुमन्स एसियन कप छनोट खेल्न नेपाली टोली भुटान जान लागेको हो ।

भुटान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार दशरथ रंगशालामा विदाइ गरेको छ ।

बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिए।

गोलकिपर
लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ

डिफेन्डर
सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पाण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर
कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फरवार्ड
कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, बर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समीक्षा मगर
मुख्य प्रशिक्षक : यमप्रसाद गुरुङ

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *