बलेफी हाईड्रोपावरको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

काठमाडाैं । बलेफी हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकरंलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

दरवारमार्ग काठमाण्डौमा रहेको कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहमा सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *