आज पहिलो दिन हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा कति पर्यो आवेदन

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । आज मंगलबार (असार २४ गते) साँझ ५ः०६ बजेसम्ममा ५ लाख २० हजार २६७ जना सर्वसाधारण आवेदकले ६२ लाख ६२ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो ।

यसआधारमा पहिलो दिनमै मागभन्दा ८.०९ गुणा बढी आवेदन परेको हो । यो आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आईपीओ बाँडफाँट गरिसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *