राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो ।

बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताएका थिए ।

केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *