प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ: आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कुनै पनि कार्यलाई रोक्न र प्रश्रय नदिन आग्रह गरेको छ। आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदिन आग्रह गरेको हो ।

‘विगत केही दिनयता विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन गरेको तथा सामाजिक सञ्जालको माध्यमबाट आफना विचार तथा अभिव्यक्ति प्रकट गरेको आधारमा पत्रकार एवम् सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की, दुर्व्यवहार लगायतका घटनाहरु भइरहेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’आयोगका सहसचिव प्रवक्ता डा.टिकाराम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस सम्बन्धी विभिन्न सूचना तथा जानकारी र पछिल्लो घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *