विजय लघुवित्तको नाफा १३५.३९ प्रतिशत बढ्यो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म ७ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३५.३९ प्रतिशतले धेरै हो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो । यसले चैतसम्म ४४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ५३.४९ प्रतिशतले धेरै हो । गत वर्ष विजयले २८ करोड ६७ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।

यसको सञ्चालन नाफा १००.८४ प्रतिशतले बढेर ११ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ५ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी १३.९७ रुपैयाँ (वार्षिक) कायम भएको छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी ५.९४ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १५९.६४ रुपैयाँ रहेको छ । कम्पनीको एनपीएल भने ८.११ प्रतिशत विन्दुबाट बढेर ९.५३ प्रतिशत विन्दुमा पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *