काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.९७ विन्दुले बढेको छ । यससँगै सूचक २६३५.२१ अंकमा आएको छ । ३९ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको ५ हजार ६ सय १५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ४४ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
Artha Sanjal






