नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार आरएसडीसी लघुवित्तको ९.५० प्रतिशतले हुन आउने कुल ८ लाख ९७ हजार १३३.५२ कित्ता र नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशतले हुन आउने कुल २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा सेयर सूचीकृत भएसँगै अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *