घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६१ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ  कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *