काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा कायम भएको छ ।
आज ३२० कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २ अर्ब १ करोडको सेयर कारोबार भएको छ । एनआरएनको ४२ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधी विद्युतको ३६ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । नेपाल माइक्रो इनस्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।







