आज दो‍स्रो दिन पियोर इनर्जीको आईपीओमा कति पर्याे आवेदन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा दो‍स्रो दिनसम्म १ अर्ब १३ करोड ९४ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस अनुसार साँझ ५:०७ बजेसम्म ९ लाख ५५ हजार ४१७ जनाले १ करोड १३ लाख ९४ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणलाई खुला गरिएको सेयरको तुलनामा ९.५३ गुणा बढी हो।

पियोर इनर्जीले बिहीबार (चैत २८ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

सर्वसाधारणले यस आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *