टोयोटाको इभी बीजेड३एक्स सार्वजनिक, जीएसी एवोन भीमा आधारित मोडेल

काठमाडौं । विश्व प्रसिद्ध अटो निर्माता टोयोटाले आफ्नो तेस्रो पूर्ण रूपमा इलेक्ट्रिक सवारीको रूपमा बीजेड३एक्स नामक नयाँ एसयूभी केही समयअघि चीनमा सार्वजनिक गरेको छ । यो मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकसित गरिएको हो ।

हालसालै सार्वजनिक गरिएको बीजेड३एक्स एसयूभी, यद्यपि टोयोटाको ब्रान्डअन्तर्गत ल्याइएको भए पनि, जीएसी एवोन भीमा आधारित रहेको कम्पनीको भनाइ छ । यसमा उस्तै साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिए पनि ब्याट्री प्रविधिमा भने फरक रहेको छ ।

फाइभ डोर र फाइभ सिटर क्षमताको यस इलेक्ट्रिक गाडीको प्रमुख आयामहरू यस प्रकार छन्:

लम्बाइ: ४,६०० मिमि
चौडाइ: १,८५० मिमि
उचाइ: १,६०० मिमि
ह्वीलबेस: २,७६५ मिमि
टोयोटाका अनुसार यस गाडीमा प्रयोग भएका करिब ६५ प्रतिशत पार्ट्स जीएसी सप्लायर्स मार्फत आपूर्ति गरिएको हो । चीनमै उत्पादन गरिएको बीजेड३एक्स टोयोटा र जीएसीको सहकार्यमा बनेको महत्वपूर्ण परियोजना हो । गाडी सार्वजनिक भएलगत्तै चीनमा केवल एक घण्टामा १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र यसले टोयोटाको अनलाइन सर्भर क्रयास गराएको बताइएको छ ।

नेपालमा जीएसी एवोन भी उपलब्ध, सीजी मोटर्सको आधिकारिक वितरणमा

नेपालको सन्दर्भमा, जीएसी एवोन ब्रान्डको आधिकारिक वितरक सीजी मोटर्स रहेको छ । यसअन्तर्गत एवोन वाइ र एवोन भी जस्ता अत्याधुनिक इलेक्ट्रिक गाडीहरू नेपाली बजारमा उपलब्ध छन् ।

नेपालमा एसयूभीप्रतिको माग उच्च रहेको अवस्थामा सीजी मोटर्सले एवोन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरिसकेको छ ।

प्रमुख विशेषताहरू यस्ता छन्:

लम्बाइ: ४,६०५ मिमि
चौडाइ: १,८५४ मिमि
उचाइ: १,६६० मिमि
ग्राउण्ड क्लियरेन्स: १८५ मिमि
ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील
गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने खालको छ।

अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ जसमा तातो र चिसो दुवै गर्न मिल्ने सुविधा छ। लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मर समेत उपलब्ध छ । प्यानोरामिक ग्लास रूफ ले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ ।

सुरक्षाको हिसाबले गाडीमा ७ वटा एयरब्याग जडान गरिएको छ । एवोन भीको सुरुवाती मूल्य नेपाली बजारमा रु ६४.९९ लाखदेखि सुरु हुने बताइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *