भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै


भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । भारतमा सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको तथ्यांक अनुसार भू–राजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिती ११.१७३ बिलियन डलर घटेर ६०६.४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।

भारतीय केन्द्रीय बैंकमा गत साता पनि विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको थियो। गत २५ मार्चमा समाप्त भएको गत सातामा विदेशी मुद्राको सञ्चिती २.०३ बिलियन डलर घटेर ६१७.६४८ बिलियन डलरमा झरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *