गभर्नरको पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए अधिकारी

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् ।

उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए ।

उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको भन्दै यसको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति धन्यवाद समेत दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *