काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।
अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएकाे ब्यूरोका डीआईजी नवीन्द अर्यालले बताए । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ ।
यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका थिए ।
Artha Sanjal






