नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं। नेपाल स्टोक एक्सचेन्ज (नेप्से) मा आज माउन्टेन इनर्जी र महालक्ष्मी विकास बैंकका बोनस सेयर सूचिकृत भएका छन्। माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयर वापत ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस सेयर वापत १२ लाख ५१ हजार ३९५.५८ कित्ता सेयर सूचिकृत भएका छन्। यी सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *