काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका श्रेष्ठ योजना आयोगमा काजमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकको गभर्नरका बलिया दावेदार श्रेष्ठको राजीनामापछि गभर्नरमा उनको सम्भावनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन्। श्रेष्ठले २०५४ सालमा राष्ट्र बैंक प्रवेश गरेका गरेका मौद्रिक अर्थशास्त्रमा बिद्यावारिधी ( पिएचडी) गरेका छन्। उनी राष्ट्र बैंकभित्रका अब्बल तथा क्षमतावान अधिकृतमध्ये पर्छन् ।
उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका थिए । साथै, श्रेष्ठले प्रदेश योजना आयोगको उपाध्यक्षका रूपमा पनि काम गरिसकेका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले अहिले नयाँ गभर्नर नियुक्तीको लागि काम गरिरहेको छ ।






