कुलमानलाई बर्खास्त गरेपछि प्राधिकरणको कार्यालय अघि बढाइयो सुरक्षा व्यवस्था

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको छ। सरकारले कुलमान घिसिङलाई प्रबन्ध निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेपछि प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसैबीच एकीकृत समाजवादीनिकट संगठनहरुले घिसिङलाई हटाएको बिरोधमा मंगलबार बिहान प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरे।

घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *