काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटेको छ ।
यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।
Artha Sanjal






