काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज चैत १२ गते, मंगलबार, आईपीओ बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ जना आवेदकहरुले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा १६.०२ गुणा बढी हो ।
यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।
Artha Sanjal






