बीमा प्राधिकरणका निर्देशनलाई एकीकृत गर्ने कार्य भइरहेको छ : ओझा

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेका निर्देशनलाई एकीकृत गर्ने कार्य भइरहेको अध्यक्ष शरद ओझाले बताएका छन् ।

आइतबार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बीमकहरूले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनलाई एकीकृत रूपमा ल्याइदिन गरेको माग सम्बोधन गर्न प्राधिकरणले काम गरिरहेको बताए ।

आफू प्राधिकरणमा आएको केही दिनमै निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम सुरु गरेको उनको भनाइ छ ।

बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । ‘५५ वटा जति निर्देशनहरू छन्, सम्भवतः डेढ, दुई महिनामा त्यसलाई हामी जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु बीमाहरूका लागि फरक-फरक सेक्सनमा हुनेगरी प्रकाशित गर्नेछौं,’ उनले भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *