घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । गत बुधबार प्रतिताेला एक लाख ७६ हजार पुगेर नयाँ रेकर्ड बनाएकाे सुनकाे मूल्य, हिजाे अथार्त बिहीबार साेही मूल्यमा काराेबार भएकाे थियो । हालसम्मकै उच्च मूल्यमा दुइ दिन काराेबार भएकाे सुनकाे मूल्य यस दिन भने घटेकाे हाे ।

यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *