चन्द्रागिरी हिल्सको अवैध असुलीमा थाहा नगरपालिकाको आपत्ति: चेकपोइन्ट तत्काल हटाउन निर्देशन

काठमाडौं । चन्द्रागिरी हिल्स प्रालिले भालेश्वर मन्दिर जाने पैदलयात्रीसँग अवैध रुपमा शुल्क असुल गरिरहेको बिषयमा थाह नगरपालिकाले आपत्ति जनाएको छ।

थाहा नगरपालिका वडा न. ९ का अध्यक्ष राजकुमार बलामीले चन्द्रागिरी हिल्सले नगरपालिकासँगकै सहकार्यमा चेकपोस्ट राखेको र यात्रुसँग शुल्क लिने गरेको भ्रामक सूचना फैलाएर नगरपालिकाको बद्नाम गराएको भन्दै यस विषयमा गम्भीर आपत्ति जनाएको हो। नगरपालिकाले उक्त क्षेत्रमा राखिएको चेकपोस्ट तत्काल हटाइ पैदल यात्रुसँग अवैध शुल्क असुल्ने कार्य तत्काल रोक्न निर्देशन समेत दिएको छ।

थाह नगरपालिका वडा न. ९ का अध्यक्ष राजकुमार बलामीद्वारा जारी गरिएको सूचनामा भनिएको छ,- ” यस थाहा नगरपालिका वडा नं. ९, चित्लाङ्ग भञ्ज्याङ्गहुँदै प्रसिद्ध भालेश्वर मन्दिरसम्म जाने पैदल मार्ग अन्तर्गत चन्द्रागिरी हिल्स प्रा.लि. द्वारा चेकप्वाइन्ट राखी उक्त मन्दिरसम्म पुग्न प्रत्येक पैदल यात्री बराबर रु. १००।- (अक्षरुपी एक सय रुपैयाँ मात्र) शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भईरहेको साथै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमार्फत यस थाहा नगरपालिका ९ नं. वडा कार्यालय र चन्द्रागिरी हिल्स प्रा.लि. बीच भएको सहमति बमोजिम नै उक्त शुल्क लिएको भनी भ्रामक सूचना समेत सम्प्रेषण भईरहेको हुँदा त्यस7 प्रकारको कुनै पनि सहमति यस थाहा नगरपालिका ९ नं. वडा कार्यालय तथा वडा अध्यक्षबाट नभएको भन्ने बेहोरा स्पष्ट जानकारी गराईन्छ। साथै चन्द्रागिरी हिल्स प्रा.लि. लाई सो कार्य तत्काल बन्द गरी उक्त पद मार्ग भई भालेश्वर मन्दिरसम्म आवत जावत गर्ने कुनै पनि पैदल यात्रीहरुलाईय रोकावट नगर्न निर्देशन गरिन्छ र चेकप्वाइन्टमा राखिए‌को सामाग्रीहरु समेत ७ दिनभित्र हटाइदिनु हुन यसै सूचनामार्फत निर्देशन गरिन्छ।”

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *