सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा

काठमाडाैं । सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो।

यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि पुनः चैत ८ गते काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी सभा बोलाएको हो। सभाले यसअघि नै समावेश गरिएका प्रस्तावहरू छलफल गरी पारित गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *