आज पहिलो दिन ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा कति पर्यो आवेदन

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएसका अनुसार आज मंगलबार (फागुन २७ गते) साँझ ५ः०७ बजेसम्ममा ४ लाख ९८ हजार १६१ जना आवेदकहरुले ६१ लाख ७३ हजार ६२० कित्ताका लागि आवेदन दिएको छ । जुन मागभन्दा ४.१८ गुणा बढी हो ।

ओम मेगाश्री फर्मास्युटिकल्सले आजदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *