काठमाडौं। राष्ट्रिय सभाले बिहीबार ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’, २०८१ बहुमतले स्वीकृत गरेको छ।
अध्यादेश अस्वीकृत गर्न प्रस्ताव गरिएको सूचना बहुमतले अस्वीकृत भए पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई बहुमतले पारित गरिएकाे छ।
यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ।







