७ सहसचिवको सरुवा, काे कहाँ?

काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् ।

ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा. नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो ।

त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ ।

रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ । नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *