मुक्तिनाथ विकास बैंकको अध्यक्षमा मल्ल

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्त भएका छन् । फागुन २२ गते बिहान ८ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।

यसअघिका बैंकका अध्यक्ष भरत राज ढकालले आफ्नो व्यक्तिगत कारणवस बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजिनामा दिएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *