काठमाडौं । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै एलजीले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । यही फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी योजना अघि सारिएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय एसी सँग साट्न सक्नेछन् । ग्राहकहरूले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसी को मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ । रजिस्टर पश्चात् एलजीका टेक्नीसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन् ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहकहरूले नयाँ एसीमा रु.४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् ।
साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरूले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य रु. ३००० सम्म हुनेछ ।






