अपुग कागजात पेश गरी दाबी रकम लिन शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ देखि फागुन १५ गतेसम्म परेको दाबी निवेदनमा अपुग कागजात पेश गरी दाबी रकम बुझीलिन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले उक्त अवधिमा परेको विभिन्न दाबीहरूमा कि कागजात नपुगेर कि बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमा नआएर भुक्तानी दिन नसकिएको जनाएको छ।

कम्पनीले  बीमितहरूलाई आगामी ३५ दिनभित्र अपुग कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक तथा शाखा कार्यालय वा सम्बन्धित सर्भेयरलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ।

यस अवधिभित्र पनि अपुग कागजात पेश नगरे वा सम्पर्कमा नआए सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने सूचनामा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *