सोमबार पनि सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *