रास्वपा केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।

केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी गराए ।

‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ’, झाले भनेका छन् । झाले आइतबार थापाले यसअघि नै ब्यक्तिगत कानुनी प्रक्रियाहरु स्पस्ट र समाधान गर्नुपर्ने र सो किनारा नलागेसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको पनि बताएका छन् ।

पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *