काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ ।
आगामी ३ जुनमा अन्नपूर्ण प्रथम हिमालको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव मनाउने सिलसिलामा श्रेष्ठलाई सद्भावना दूत नियुक्त गरिएको फ्रान्सेली दूतावासले जनाएको छ ।
सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने, अन्नपूर्ण हिमाल सम्बन्धी तस्वीर प्रदर्शनी गर्ने, अन्नपूर्ण हिमाल सम्बन्धी कथा वाचन गर्ने लगायत काम गर्ने बताइन् ।
श्रेष्ठले अन्नपूर्ण हिमालको पनि सफल आरोहण गरिसकेकी छिन् ।
Artha Sanjal






