शिवम् सिमेन्ट ‘अवार्डस् फर कर्पोरेट एक्सिलेन्स -२०२४’ बाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ‘अवार्डस् फर कर्पोरेट एक्सिलेन्स -२०२४’ उत्पादन विधा तर्फबाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालद्वारा फागुन १३ गते, मङ्गलबार आयोजित भव्य समारोहकाबीच शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक बर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो । जस मध्ये शिवम् सिमेन्ट्सलाई ‘अवार्डस् फर कर्पोरेट एक्सिलेन्स -२०२४’ विधा अवार्डबाट सम्मानित गरिएको हो ।

यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *