युनाईटेड इदी मर्दीले डाक्यो साधारणसभा: के-के छन् एजेन्डा?

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आर. बि. हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारणसभा डाकेको छ । सभा आगामी चैत ११ गते  पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजे सभा बस्नेछ।

सभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ।  साथै बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा छ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने,  चालू आवको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने एजेन्डा रहेको छ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन २२ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *