आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था र तारागाउँ रिजेन्सी होटल्सले आइतबार चैत २७ गते साधारण सभा गर्दैछन् । तारागाउँ रिजेन्सी होटलको २५औं साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
आरम्भ चौतारी लघुवित्तले चैत्र २७ गते आइतबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट २१ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७र७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७र७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ
सभाले लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८र७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
सभामा संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाले निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र र नियमावलीमा संशोधन थप गर्ने, विशेष प्रस्ताव नं ९१० मा प्रस्ताव गरे वमोजिम बोनश शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । आज चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।






