‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने समयावधि थप, अब कहिलेसम्म भर्न पाइन्छ?

काठमाडाैं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदको समयावधि थप गरिएको छ । सानिमा बैंक, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्वस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को’ १० करोड इकाइको बिक्री आवेदन गत फागुन ६ गतेदेखि खुला गरिएको थियो ।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो । तर निर्धारित समयभित्र मागबमोजिम आवेदन नपरेकाले म्याद थप गरिएको हो ।

यससँगै अब यो योजनामा फागुन २० गतेसम्म आवेदन दिन सकिने छ । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रतिइकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।

उक्त निष्कासन गरिएको इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिएको छ ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *