प्रधानमन्त्री ओलीको दुईवटा नागरिकता: ‘द्वन्दकालमा फालेको खोज्दा भेटिएन, अर्को बनाए’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवटा नागरिकता भएको चर्चा छ। यस बिषयमा उनले मुख खोलेका छन् ।

श्रीमती राधिका शाक्यको आत्मकथाकृति करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भूमिगतकालमा नागरिक फ्याकेर हिँडेको र फर्केर आउँदा नभेटेपछि अर्को बनाउनुपरेको बताए

नागरिकता बारे के भने ?

अस्ति मैले हेर्दै थिए केपी ओलीका दुईवटा नागरिकता, एउटा हरायो, म भूमिगत जाने बेलामा भागेर हिँड्ने बेलामा भएका प्रमाण नष्ट गर्ने बेलामा नागरिकता च्यापेर हिँड्छु त ? खल्तीमा? आफू को हुँ भन्नेकुरा लुकाएर हिँड्नुपर्ने बेलामा, केही नभएपनि मास्क लगाउनुपर्ने बेलामा, नागरिकता खल्तीमा हालेर हिँड्छ ?

नागरिकता फ्यालेर हिँडेको हो अब पछि गएर खोज्दा भेटिएन। अर्को बनाउनु परेन। अनि दुईटा भएन। के व्यहोरा फरक पर्यो ? व्यहोरा फरक परेको छैन, पर्न पनि हुँदैन।
मैले बाबुको नाम फरक पार्न सक्दिनँ, आमाको नाम अर्को राख्न सक्दिनँ। भूमिगत कालमा आफ्नो नाम फरकफरक पार्न परेको छ परिचय लुकाउनको लागि, तर मेरो बुबाको नाम अर्को भन्न सक्दिनँ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *