गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं। गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ।

प्रदेश मन्त्रिपरिषद्‍को आज बसेको बैठकले प्रदेश स्थापना दिवसका अवसरमा माघ २२ गते बिदा दिने निर्णय गरेको हो।

गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *