काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएशनको सिफारिसमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको गरिएकाे हाे ।
न्याय परिषद् सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका खड्काको नाम आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो ।

Artha Sanjal






