काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ५३ हजार ४०२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ ६ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।







