गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले गत आव २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

अघिल्लो आवको मुनाफाबाट बैंकले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश दिएको थियो । यस आधारमा बैंकको लाभांशदर गत वर्ष भन्दा यस वर्ष घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *