अब एनसेलमा अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन पाउने भएका छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले ग्राहकलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकले १ दिन अर्थात २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्नेछन् । कम्पनीले यो सुविधा १ पुसदेखि दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रुपैयाँ रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा लिन सक्नेछन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल लिन सक्नेछन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिने छ ।

कर सहितको सेवा शुल्क २ रुपैयाँ ४८ पैसा र १ दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कुल ५२ रुपैयाँ ४८ पैसा काटिनेछ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकले यो डेटा सापटी लिन सक्छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *