मितेरी विकास बैंकको साधारणसभा आह्वान

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २७ गते शनिबार उन्नाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको धरान–१ स्थित सनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

त्यस्तै खर्च अनुमोदन गर्ने, अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

सभा प्रयोजनार्थ बैंकले पुस १६ गतेदेखि बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *