घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन घटेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको बजारमा चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *