एनआइएमबि एस क्यापिटलकाे २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको निर्णय गरेको हो।

यस क्यापिटलले पुस ५ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा लाजिम्पाट, काठमाडौं स्थित कम्पनीको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०/८१ का नाफा र नोक्सानको हिसाब सम्बन्धी छलफल पनि गरिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *