नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पौने १७ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
Artha Sanjal






