नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं। नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य ३०७ रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज १६ गतेसम्म रहेको छ ।

आवेदकले काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटमा पुग्ने गरी बोलपत्र आवेदन पठाउनु पर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *