एनएलजी इन्स्योरेन्सले गर्यो हकप्रद शेयरको आकारमा परिमार्जन

काठमाडाैं । एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशनको प्रस्ताव पुनरावलोकन गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

बैठकले यसअघि निष्काशन गर्ने तय भएको ६६ प्रतिशत हकप्रद घटाएको छ । बैकठले अब ६२.५६ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्न नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि अनुरोध गर्ने र प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभाबाट पछि अनुमोदन गराउने गरी हकप्रद निष्काशन प्रकृया अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको २०८०र साउन १५ मा बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६.६ (६६ प्रतिशत) ले हुन आउने रकम बरावरको प्रति कित्ता रु.१०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो ।

उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५.५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।

उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्युनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद शेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *